राष्ट्रियसभा निर्वाचन

गण्डकीबाट महिला र अन्य समूहका लागि ६ जनाको मनोनयन, गठबन्धनबाट देवकोटा र तिमिल्सिना

विजय नेपाल २३ पुष २०८२ १७:२९
10
SHARES
गण्डकीबाट महिला र अन्य समूहका लागि ६ जनाको मनोनयन, गठबन्धनबाट देवकोटा र तिमिल्सिना कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार एमाले नेतृ देवकोटा र कांग्रेसका तिमिल्सिना।

पोखरा- राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट अन्य र महिला क्लष्टरमा गरी ३/३ जनाले मनोनयन दर्ता गराएका छन्। गठबन्धनबाट नेपाली कांग्रेस र नेकपा एमालेसमेतका उम्मेदवार गरी कुल ६ जनाले बुधबार पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन्। अर्को उम्मेदवारी दिनेमा नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमार्चा हुन्।

गठबन्धनतर्फबाट महिला समूहमा एमालेकी सम्झना देवकोटाको मनोनयन दर्ता भएको निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए। गोरखा नगरपालिका-३ निवासी देवकोटा यसअघिका विभिन्न तहका निर्वाचनमा पटकपटक हार बेहाेरेकी नेतृ हुन्। ०८० को निर्वाचनमा समेत राष्ट्रियसभाकै सदस्यको उम्मेदवार उनी त्यसबेला कांग्रेस र तत्कालीन माओवादीको गठबन्धनका कारण पराजित भएकी थिइन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा गोरखा नगरापलिकाको उपमेयर ०७९ मा गोरखाकै मेयर पद समेत गुमाएकी थिइन्।

महिला कोटामै नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट गोमा लुइँटेल घिमिरे उम्मेदवार छन्। पोखरा-२५ निवासी ४० वर्षीया घिमिरे तत्कालीन माओवादी जनयुद्धकी घाइतेसमेत हुन्। जनमोर्चाबाट बागलुङका ५२ वर्षीया लक्ष्मी बास्कोटाको मनोनयन दर्ता भएको छ।

उता, अन्य समूहमा गठबन्धनतर्फबाट कांग्रेसका जगत तिमिल्सिनाले उम्मेदवारी दर्ता गराए। तनहुँको शुक्लागण्डकी नगरपालिका-७ का ५५ वर्षीय तिमिल्सिना प्राध्यापक संघका केन्द्रीय अध्यक्ष समेत भइसकेका व्यक्ति हुन्। सोही समूहमा नेकपाबाट मनाङ जिल्लाको नासो-९ निवासी ७१ वर्षीय कपिल लामा र जनमोर्चाबाट पोखरा २२ निवासी ६६ वर्षीय शंकरप्रसाद बरालले मनोनयन दर्ता गराएका छन्। बराल जनमोर्चाका गण्डकी प्रदेश अध्यक्षसमेत हुन्।

मनोनयनका लागि बिहान १० देखि ३ बजेसम्मको समयतालिका निर्धारण गरिएको थियो। यसअघि गण्डकीबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित तत्कालीन नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एमाले नेतृ भगवती न्यौपानेको कार्यकाल सकिएको हो। मतदान भने आगामी ११ माघ हुँदैछ।

कास्की जिल्ला अदालतका न्यायाधीशसमेत रहेका निर्वाचन अधिकृत हिमलाल बेलबासेका अनुसार निर्वाचनमा प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले मतदान गर्ने व्यवस्था छ। प्रदेश सांसदको मतदाता ५३ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १९ छ। यसअघि प्रदेश सांसदको ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको १८ थियो।

गण्डकीमा ६० सदस्यीय प्रदेशसभा छ भने ८५ वटा पालिका छन्। पालिकातर्फ अध्यक्ष र उपाध्यक्ष गरी १७० मतदाता छन्। प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसका सबैभन्दा धेरै २७ जना सांसद छन्। एमालेका २२ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ७ जना सांसद छन्। राप्रपाका २, तत्कालीन नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ( हाल प्रगतिशील लोकतान्त्रिक पार्टी) का १ जना सांसद छन्। स्वतन्त्र उम्मेदवार मनाङे कारागारमा छन्।

यसरी प्रदेशसभा तथा पालिकातर्फ सबैभन्दा ठूलो दल कांग्रेस र एमाले भएकाले गठबन्धनकै उम्मेदवारको जित सुनिश्चित जस्तै छ। प्रदेशसभातर्फ कांग्रेस एक्लैको १४३१ मतभार छ। एमालेको ११६६ छ। पालिकातर्फ कांग्रेसका निर्वाचित ६७ जना प्रमुख उपप्रमुखबाट मतभार १२७३ हुन आउँछ। यसरी प्रदेश र पालिकाबाट कांग्रेसको कुल मतभार २७०४ रहेको छ।

त्यस्तै एमालेको पालिकातर्फ ७० जना प्रमुख उप्रमुखबाट मतभार १३३० छ। प्रदेश र पालिका दुबै जोड्दा एमालेको २४९६ रहेको छ। नेकपाको ७ सांसदको मतभार ३७१ छ। पालिकामा ३० जनप्रतिनिधि (तत्कालीन एकीकृत समाजवादीसमेत) ५७० मतभार छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य एकीकत समाजवादीबाट निर्वाचित भएका थिए।

पालिकामा ३ पद जितेको राष्ट्रिय जनमोर्चाको मात्र ५७ मतभार छ। राप्रपाका २ सांसदको मतभार १०६ मतभार छ। तत्कालीन नयाँ शक्तिको मात्र ५३ छ।

प्रकाशित: २३ पुष २०८२ १७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast