महोत्तरीमा थपिए ३४ हजार २५२ मतदाता

हिमाल प्रेस २३ पुष २०८२ ७:५१
12
SHARES
महोत्तरीमा थपिए ३४ हजार २५२ मतदाता

काठमाडौँ– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरीमा ३४ हजार २५२ नयाँ मतदाता थपिएका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा २० हजार ५२ पुरुष, १४ हजार १९९ महिला र एक जना अन्य गरी ३४ हजार २५२ नयाँ मतदाता थपिएका हुन्।

जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार जिल्लामा कूल मतदाता चार लाख ३१ हजार २८२ रहेका छन्।
यसअघि जिल्लामा तीन लाख ९७ हजार ३० जना मतदाता थिए। महोत्तरीमा चारवटा निर्वाचन क्षेत्र रहेका छन्

प्रकाशित: २३ पुष २०८२ ७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast