बालेनसहित २६ जना रास्वपा केन्द्रीय सदस्यमा अनुमोदित

हिमाल प्रेस २० पुष २०८२ १९:५७
26
SHARES
बालेनसहित २६ जना रास्वपा केन्द्रीय सदस्यमा अनुमोदित

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र शाह (बालेन)सहित २६ जनालाई केन्द्रीय समिति सदस्यका रूपमा अनुमोदन गरेको छ। आज (आइतबार) थपिएका नयाँ सात केन्द्रीय सदस्यसहित बसेको केन्द्रीय समितिको ५९ औँ बैठकले उनीहरूको नाम अनुमोदन गरेको हो।

रास्वपा सभापति रवि लामिछाने र बालेनबीच पुस १३ गते विभिन्न सहमति भएको थियो। सहमतिअनुसार रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि बढाउनेछ।

रास्वपाले आजै बसेको अघिल्लो बैठकबाट चार पदाधिकारीको संख्या थप्ने निर्णय पनि गरेको छ। यी पदहरूमा बालेन र कुलमान घिसिङ पक्षबाट आउने व्यक्तिहरूलाई राखिने रास्वपाले जनाएको छ।

रास्वपाले मनोनयन गर्‍यो समीक्षा बास्कोटासहित सात केन्द्रीय सदस्य

रास्वपामा अब चार उपसभापति र दुई महामन्त्री

रवि र बालेनबीच ‘बृहत् एकता’ सम्बन्धी सहमति [यस्ता छन् सहमतिका बुँदा]

प्रकाशित: २० पुष २०८२ १९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast