आठ वर्षमा पर्वतमा २०४ किमी ग्रामीण सडक कालोपत्र

हिमाल प्रेस ११ माघ २०८२ १५:५४
4
SHARES
आठ वर्षमा पर्वतमा २०४ किमी ग्रामीण सडक कालोपत्र

पर्वत- बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र भएका छन्।

यो अवधिमा चिसापानी-हुवास-त्रिवेणी-वहाकी-रानीपानी-बर्राचौर २३ किलोमिटर, अर्मादी-खुर्कोट-बनौ सडक १२ किलोमिटर, पातीचौर-देउपुर-भुकदेउराली १२ किलोमिटर, डिमुवा-तिलाहार-राम्जादेउराली ११ किलोमिटर कालोपत्र गरिएका हुन्।

पूर्वाधार विकास कार्यालयका अनुसार दोबिल्ला-कटुवाचौपारी-मुडिकुवा-फलेवास-ढिक १४ किलोमिटर, हिमालय-विपाङ-नुवार-खनियाँघाट आठ किलोमिटरसहित जिल्लाका ग्रामीण भेगका सडक कालोपत्र भएका छन्। साथै, सोही अवधिमा मोटर सञ्चालन गर्न मिल्ने २४ वटा पक्की पुल निर्माण भएका छन्।

प्रकाशित: ११ माघ २०८२ १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast