नार्कका ७ वैज्ञानिकसहित ११ कर्मचारी अझै सम्पर्कविहीन, सम्पर्कमा आउन दोस्रोपटक सूचना जारी

हिमाल प्रेस ९ माघ २०८२ ९:०२ | Friday, January 23, 2026
28
SHARES
नार्कका ७ वैज्ञानिकसहित ११ कर्मचारी अझै सम्पर्कविहीन, सम्पर्कमा आउन दोस्रोपटक सूचना जारी

काठमाडौँ- नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का ११ कर्मचारी अध्ययन बिदापछि सम्पर्कविहीन भएका छन्। यसबारे नार्कले दोस्रोपटक सूचना जारी गरी उनीहरूलाई सम्पर्कमा आउन आग्रह गरेको छ।

यसअघि गत मंसिर १४ गते नार्कले पहिलो सूचना जारी गरी सम्पर्कमा आउन भनेको थियो। तर कर्मचारीहरू सम्पर्कमा नआएपछि शुक्रबार अर्को सूचना जारी गरिएको हो।

सम्पर्कविहीन वैज्ञानिकहरूमा अच्युत मिश्र (२०७४ भदौदेखि), नवीनकुमार दंगाल (२०७६ भदौदेखि), होमन रेग्मी (२०७३ माघदेखि), देवराज चालिसे (२०७३ चैतदेखि), प्रतिष्ठा अधिकारी (२०७४ मंसिरदेखि), दिनेशबाबु थापा मगर (२०७५ साउनदेखि) र संजिव गौतम (२०७५ भदौदेखि) रहेका छन्।

अन्य कर्मचारीहरूमा सुमन कार्की, उज्ज्वल सुवेदी, अतित पराजुली र अस्मिता श्रेष्ठ रहेका छन्। नार्कका अनुसार यी कर्मचारीहरूले अध्ययन बिदा स्वीकृत गराई गए पनि बिदापछि हाजिर हुन नआएको र आआफ्नो पदबाट राजीनामा पेस गरेको देखिएको छ।

प्रकाशित: ९ माघ २०८२ ९:०२ | Friday, January 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast