फाइल तस्बिर
कालीकोट- कर्णाली राजमार्गअन्तर्गत हुल्म-मान्म सडक धमाधम कालोपत्र भइरहेको छ।
सडक चौडा गर्ने, घुम्ती फराकिलो पार्ने र वर्षा यामको पानी व्यवस्थित ढंगले निकासको प्रबन्धका साथ सडक कालोपत्र भइरहेको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार यादवले बताए।
हुल्मदेखि अस्पतालसम्मको चार किलोमिटर र अस्पतालदेखि मान्म ‘जिरो पइन्ट’ सम्मको साढे एक किलोमिटर कालोपत्र प्रायः पूरा भएको उनले जानकारी दिए।
सडक स्तरोन्नतिका निम्ति रु पाँच करोड ५० लाखमा ठेक्का सम्झौता भएको हो।
प्रकाशित: १८ पुष २०८२ १०:०९
प्रतिक्रिया



