पूर्वराष्ट्रपति भण्डारीले गरिन् सर्वोच्च अदालतको अवलोकन

हिमाल प्रेस १८ पुष २०८२ १८:१७
पूर्वराष्ट्रपति भण्डारीले गरिन् सर्वोच्च अदालतको अवलोकन

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको अवलोकन गरेकी छन्।

पूर्वराष्ट्रपति भण्डारीले आज (शुक्रबार) सर्वोच्च अदालतमा पुगेर गत भदौ २४ गते आगजनी भएर जलेको भवनको अवलोकन गरेकी हुन्।

अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले न्यायालयमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै न्यायालय जस्तो ऐतिहासिक धरोहर जल्नु अकल्पनीय भएको बताइन्।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार पूर्वराष्ट्रपति भण्डारीले अदालतको अवलोकन गरी बारेमा जिज्ञासा राखेका थिए। यसअघि जेनजी आन्दोलनपछि पूर्वराष्ट्रपति भण्डारीले सिंहदरबार र संसद् भवनको अवलोकन गरेकी थिइन्।

प्रकाशित: १८ पुष २०८२ १८:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast