रोजगारी सिर्जनामा युवाको भूमिका निर्णायक हुन्छ : डीपी अर्याल

हिमाल प्रेस १६ पुष २०८२ १९:०२ | Wednesday, December 31, 2025
28
SHARES
रोजगारी सिर्जनामा युवाको भूमिका निर्णायक हुन्छ : डीपी अर्याल

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले दिगो शान्ति बिना मुलुकमा समृद्धि सम्भव नहुने र समृद्धि बिनाको शान्ति स्थायी नहुने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज (बुधबार) यहाँ आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य—सामूहिक पहल’ कार्यक्रममा अर्यालले सबै क्षेत्रको सहकार्यबाटै शान्ति र समृद्धि सम्भव रहेको बताएका हुन्।

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा युवाले भष्ट्राचार नियन्त्रण, स्वदेशमा रोजगारी र सुशासनका लागि आवाज उठाएको उल्लेख गर्दै उनले उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनामा युवाको भूमिका निर्णायक हुने बताए। हालैका राजनीतिक तथा सामाजिक घटनाक्रमले निजी क्षेत्र नराम्रोसँग प्रभावित भएकोसमेत उनको भनाइ थियो।

‘आन्दोलनको क्रममा ठूलो क्षति भयो। निजी र व्यावसायिक सम्पत्तिमा आघात पुगेको देखिन्छ। निजी क्षेत्रलाई करिब ८० अर्ब बराबरको क्षति भएको अनुमान गरिएको छ। यो निजी क्षेत्रका लागि अत्यन्तै दुःखद पक्ष हो,’ उनले भने।

नीतिगत स्थिरता, प्रशासनिक सहजता, कर तथा व्यापार नियम सरलीकरण र दीर्घकालीन योजना कार्यान्वयनलाई आर्थिक समृद्धिको पूर्वशर्त रहेको उनको भनाइ छ।

प्रकाशित: १६ पुष २०८२ १९:०२ | Wednesday, December 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast