काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भएसँगै नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिमा बाह्य चुनौती थपिएको बताउनुभएको छ।
सामाजिक सञ्जालमा लेख्दै उपमहासचिव भट्टराईले जतिसुकै चुनौती बढे पनि भागेर हैन सामना गरेर अघि बढ्ने दृढता व्यक्त गरेका छन्।
यस्ता चुनौतीलाई सामना गर्न आन्तरिक एकता बलियो बनाउनु पर्ने भट्टराईको भनाइ छ। उनले राष्ट्र र पार्टीका एजेण्डा बोक्न सबैलाई आग्रह गरेका छन्। उनले कार्यशैली सुधार गरेर विगतका कमीकमजोरी सच्याउदै अघि बढ्न सबैलाई आग्रह गरे।
प्रकाशित: १३ पुष २०८२ ११:०७ | Sunday, December 28, 2025
प्रतिक्रिया



