आयोगसमक्ष बयान दिन लेखक तयार

हिमाल प्रेस १० पुष २०८२ १६:४३ | Thursday, December 25, 2025
28
SHARES
आयोगसमक्ष बयान दिन लेखक तयार फाइल तस्बिर

काठमाडौँ-  नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन्। लेखक भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएका घटना छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगमा बयान दिन जाने भएका हुन्।

नेता लेखककले जाँचबुझ आयोगमा बयान दिन आफू तयार रहेको बताएका छन्। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

तत्कालीन गृहमन्त्री रहेका लेखकले बयानका लागि सोमबार जाँचबुझ आयोगमा जान बताए।

‘आयोगले मलाई घटनाबारेमा जानकारी लिन बोलाएको छ। मैले आयोगमा जाने निर्णय गरेको छु। उहाँले भोलि बोलाउनु भएको छ, तर म सोमबार जान्छु,’ लेखले भने।

जेनजी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री लेखकलाई बयानका लागि बोलाएको छ।

लेखक आयोगमै पुगेर बयान दिन तयार रहे पनि ओली भने बयान नदिने अडान लिएका छन्। तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीसँग बयान लिनु कानुनविपरित रहेको उनको भनाइ छ।

जेनजी प्रदर्शन उग्र बनेपछि तत्कालीन गृहमन्त्री लेखकले भदौ २३ गते र तत्कालीन प्रधानमन्त्री ओलीले भदौ २४ गते राजीनामा दिएका थिए।

प्रकाशित: १० पुष २०८२ १६:४३ | Thursday, December 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast