विश्वकप क्रिकेट : बन्द प्रशिक्षणका लागि क्यानले छान्यो २४ खेलाडी

हिमाल प्रेस ६ पुष २०८२ २०:०६ | Sunday, December 21, 2025
10
SHARES
विश्वकप क्रिकेट : बन्द प्रशिक्षणका लागि क्यानले छान्यो २४ खेलाडी

काठमाडौँ- आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रील‌ंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट २०२६ का लागि नेपाली क्रिकेट टोलीको प्रारम्भिक चरणमा २४ खेलाडी छनोट भएका छन्।

सोमबारदेखि सुरु हुने प्रशिक्षण क्याम्पका लागि २४ जना खेलाडी छनोट गरिएको नेपाल क्रिकेट स‌ंघ (क्यान) ले जनाएको छ। छनोट हुने खेलाडीमा रोहित पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, नन्दन यादव, सन्दीप लामिछाने र आरिफ सेख छ्न्।

यसै गरी आदिल अन्सारी, शेर मल्ल, भीम सार्की, विनोद भण्डारी, अविनाश बोहरा, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी, लोकेश बम, करण केसी, साहब आलम, इशान पाण्डे, बसिर अहमद, प्रतिस जीसी र रुपेशकुमार सिंह पनि छनोटमा परेका छन्।

प्रकाशित: ६ पुष २०८२ २०:०६ | Sunday, December 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast