महिला टी २० विश्वकप ग्लोबल छनोट : नेपालले पहिलो खेल थाइल्यान्डसँग खेल्ने

हिमाल प्रेस ८ पुष २०८२ १२:१२
6
SHARES
महिला टी २० विश्वकप ग्लोबल छनोट : नेपालले पहिलो खेल थाइल्यान्डसँग खेल्ने

काठमाडौँ- आईसीसी महिला टी २० विश्वकपअन्तर्गत ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने भएको छ।

घरेलु मैदानमा हुने ग्लोबल छनोटमा नेपालले माघ ४ गते थाइल्यान्डविरुद्ध खेल्नेछ। दोस्रो खेलमा जनवरी २२ (माघ ८) मा नेदरल्यान्डसँग खेल्नेछ। २४ जनवरी (माघ १०) मा जिम्बावेसँग र जनवरी २६ (माघ १२) मा स्कटल्यान्डविरुद्ध खेल्ने तालिका छ।

ग्लोबल छनोटमा नेपाल समूह ‘बी’मा छ। नेपाल रहेको समूह ‘बी’मा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाव्वे र नेदरल्यान्ड छन्। ग्लोबल छनोटअघि नेपालले अभ्यास खेल खेल्नेछ। अभ्यास खेलमा जनवरी १४ मा आयरल्यान्डसँग तल्लो मूलपानी मैदानमा खेल्नेछ। १६ तारिखमा अमेरिकासँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल्नेछ।

इंग्ल्यान्ड र वेल्समा हुने टी २० महिला विश्वकपको ग्लोबल छनोट आगामी जनवरी १४ देखि १ फेब्रुअरीसम्म हुनेछ। छनोटका खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ।

प्रकाशित: ८ पुष २०८२ १२:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast