अमेरिकी संसदीय समितिमा किन देखाइयो मोदी–पुटिनको तस्बिर?

हिमाल प्रेस २५ मंसिर २०८२ १६:५३
20
SHARES
अमेरिकी संसदीय समितिमा किन देखाइयो मोदी–पुटिनको तस्बिर?

काठमाडौँ- अमेरिकाको विदेश मामिलासम्बन्धी एक संसदीय समितिको सुनुवाइका क्रममा हालै सम्पन्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको तस्बिर देखाइएको छ। समितिको बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति पुटिन एउटै कारमा बसेको तस्बिर देखाइएको हो।

तस्बिरबारे चर्चा गर्दै समिति सदस्य सिड्नी कामलागर डोले भनिन्,‘यो तस्बिरले आफैँमा धेरै कुरा बोलेको छ।’

भारतप्रति ट्रम्प प्रशासनको नीतिलाई उनले आत्मघाती बताइन्।

उनले भनिन्,‘अमेरिकाको राणनीतिक साझेदारहरूलाई विरोधीको कित्तामा धकेलेवापत तपाईँले नोबेल शान्ति पुरस्कार पाउनुहुने छैन। हामीले क्षतिको भरपाईका लागि तुरून्त उपाय गर्नुपर्छ र सहयोगको बाटो अपनाउनुपर्छ, जुन अमेरिकी समृद्धि, सुरक्षा र विश्व्यापी नेतृत्वका लागि आवश्यक छ।’

कामलागर–डो विदेश मामिलासम्बन्धी दक्षिण तथा मध्य एसियाली उपसमितिको सुनुवाइका क्रममा बोलेकी थिइन्।

अर्की प्रतिनिधि प्रमिला जयपालले पनि ट्यारिफ र अध्यागमन नीतिहरूले भारत–अमेरिकाको आर्थिक र जनस्तरको सम्बन्धमा असर पारिरहेको भन्दै चिन्ता व्यक्ति गरिन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको चामल निर्यातमा अतिरिक्त कर लगाउने संकेत दिएको बेला यो सुनुवाइ भएको हो।

प्रकाशित: २५ मंसिर २०८२ १६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast