रवीन्द्र मिश्रलाई किन दु:ख दियो निर्वाचन आयोगले?

हिमाल प्रेस १६ पुष २०८२ ९:१३ | Wednesday, December 31, 2025
118
SHARES
रवीन्द्र मिश्रलाई किन दु:ख दियो निर्वाचन आयोगले? रवीन्द्र मिश्र। फाइल तस्बिर

काठमाडौँ- राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले निर्वाचन आयोगले निर्वाचनको खर्च विवरण सार्वजनिक नगरेको भन्दै आयोगले दुःख दिएको भनाइ छ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘गत निर्वाचनको खर्च विवरण सार्वजनिक नगरेको भनेर फेरि सूचना जारी गरेछ। गत निर्वाचनपछि पनि लगत्तै त्यस्तै सूचना जारी गरेको थियो। मैले निर्वाचन आयोगले तयार पारेको ‘खर्च विवरण’ को फारम भरेर सो फारम निर्वाचन सकिएको दुई हप्तापछि नै अर्थात् २० मङ्सिर २०७९ मा काठमाडौँ क्षेत्र नं एकको निर्वाचन आयोगको कार्यालयमा आफैँ उपस्थित भई बुझाएको थिएँ। खर्च विवरण निर्वाचन आयोगको कार्यालयले सोही मितिमा कार्यालयको छाप सहित दर्ता नं १० तोकेर बुझिलिएको थियो।’

आफ्नो खर्चविवरण प्रमुख सञ्चार माध्यमहरूमा समेत प्रकाशित भए पनि आयोगले सार्वजनिक नगरेको भन्दै सूचना जारी गरेको उनको आरोप छ ।

प्रकाशित: १६ पुष २०८२ ९:१३ | Wednesday, December 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast