एमाले महाधिवेशन

बन्दसत्र सुरु गर्ने बेलामा ओलीले किन बोलाए केन्द्रीय कमिटी बैठक?

हिमाल प्रेस २८ मंसिर २०८२ ८:३६ | Sunday, December 14, 2025
22
SHARES
बन्दसत्र सुरु गर्ने बेलामा ओलीले किन बोलाए केन्द्रीय कमिटी बैठक?

काठमाडौँ- नेकपा एमालेको एघारौँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि आज (आइतबार) बिहान अन्तिम केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ।

एमालेका एक नेताका अनुसार बन्दसत्र स्थल भृकुटीमण्डपमै अहिले बिहान ९ बजे केन्द्रीय कमिटीको बैठक बस्ने भएको हो। यसअघि बिहान आठै बजे बन्दसत्र सुरु गर्ने तयारी रहेको एमालेले बताएको थियो।

तर बन्दसत्र सुरु गर्नुअघि केन्द्रीय कमिटी बैठक बस्नेबारे जानकारी आएको हो।

महाधिवेशन उद्घाटनअघि शुक्रबार साँझ बसेको एमाले सचिवालय बैठकबाट अध्यक्ष केपी शर्मा ओली विधान संशोधन गर्न चाहन्थे तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले अवरोध गरेपछि रोकिएको थियो।

प्रकाशित: २८ मंसिर २०८२ ८:३६ | Sunday, December 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast