गगन किन पुगे गुण्डु?

हिमाल प्रेस ८ पुष २०८२ १६:४१ | Tuesday, December 23, 2025
282
SHARES
गगन किन पुगे गुण्डु?

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गोप्य भेट गरेका छन्। आफ्ना सचिवालय सहयोगीसँग थापाले सोमबार साँझ गुण्डु पुगेर एमाले अध्यक्ष ओलीलाई भेटेका हुन्। ओलीले दिउँसो सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। थापाले ओलीलाई साँझ छुट्टै भेट्न गएको विषयमा ओली निकटस्थहरु नै अचम्मित छन्।

‘ओलीलाई भेट्न एक सामान्य कांग्रेसी नेता त्यहाँ पुग्दा गगन पनि भेटिए’, एमालेका एक नेताले भने, ‘त्यो हतार देख्दा उनी गोप्य भेटमा गएका रहेछन्। पार्टीको महामन्त्री भइसकेका व्यक्तिले किन यसरी भेट गरे भन्ने विषय गम्भीर छ।’ ओली निवासमा ती व्यक्ति प्रवेश गरेपछि गगन हतारिएर निस्केका थिए।

नेपाली कांग्रेस उच्च स्रोतका अनुसार सोमबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलस्बीच निवर्तमान संसदको हस्ताक्षरसहित नेपाली कांग्रेस र नेकपा एमाले पूरक रिट लिएर सर्वोच्च अदालतमा जाने विषयमा छलफल भएको थियो। संसद् पुनर्स्थापनाका लागि छुट्टाछुट्टै रिट दायर गरेका उनीहरुले बहुमत सदस्यको हस्ताक्षर जुटाएर पूरक रिट लैजान लागेका हुन्। महामन्त्री थापा त्यसमा सहमत छैनन्। उनी निर्वाचनका पक्षमा छन्। त्यही कारण कांग्रेस संस्थापनमा फाटोसमेत देखिएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार दोस्रोपटक भेट भएको थियो। पुरापुर रूपमा निर्वाचन स्वीकार्ने पक्षमा रहेको कांग्रेस मंसिर १९ गते देउवा र ओलीबीच भएको भेटपछि संसद पुनर्स्थापनाका लागि रिट लिएर गएको थियो। संसद् पुनर्स्थापनाका पक्षमा कांग्रेसका ६५ सांसदले हस्ताक्षर गरेका छन्।

प्रकाशित: ८ पुष २०८२ १६:४१ | Tuesday, December 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast