को हुन् सिडनी बोन्डीबीचमा आक्रमण गर्नेहरू?

हिमाल प्रेस २९ मंसिर २०८२ १६:५९ | Monday, December 15, 2025
36
SHARES
को हुन् सिडनी बोन्डीबीचमा आक्रमण गर्नेहरू?

काठमाडौँ-  अस्ट्रेलियाको सिडनीस्थित बोन्डी बीचमा १६ जनाको ज्यान जानेगरी भएको आक्रमणमा संलग्न व्यक्तिको पहिचान खुलेको छ। यहुदी पर्व ‘हनुका’ मनाउन भेला भएका मानिसहरूलाई लक्षित गरेर गोली प्रहार गर्ने व्यक्तिहरूको पहिचान खुलेको हो।

स्थानीय सञ्चारमाध्यमका अनुसार उनीहरूको नाम साजिद र नविद अकरम हो। उनीहरू पाकिस्तानी नागरिक रहेको बताइएको छ।

न्यु साउथ वेल्सका प्रहरी कमिश्नर माल लैन्यनले दुवै आक्रमणकारी बाबु–छोरा रहेको बताएका छन्। बाबुको उमेर ५० र छोराको उमेर २४ वर्ष रहेको बताइएको छ।

प्रहरीले यसलाई यहुदी समुदायलाई निशाना बनाएर गरिएको ‘आतंकवादी आक्रमण’ भनेको छ।

स्थानीय समयअनुसार आइतबार साँझ बोन्डी बीचमा भएको आक्रमणमा परी १० वर्षीया एक बालिकासहित १६ जनको मृत्यु भएको छ। यो आक्रमणपछि सिडनीमा त्रास र शोकको माहोल छ। प्रहरीले सुरक्षा निगरानी बढाएको छ भने मल, सडकलगायतका ठाउँमा अकस्मात सुरक्षा जाँच गरिरहेको छ।

यहुदी समुदायका हजारभन्दा बढी मानिस बोन्डी बीचमा भेला भएको बेला आक्रमण भएको थियो।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आक्रमणको जवाफ दिन आवश्यक सबै संयन्त्रको प्रयोग गरिने बताएका छन्।

प्रकाशित: २९ मंसिर २०८२ १६:५९ | Monday, December 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast