काठमाडौँ- काठमाडौँ उपत्यकाकाको न्यूनतम तापक्रम आज (आइतबार) बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस देखिएको हो। हिजो शनिबार ६.२ डिग्री सेल्सियस थियो।
आजको आधिकारिक न्यूनतम तापक्रम मौसम महाशाखाले अहिले बिहान ८:४५ बजे सार्वजनिक गर्छ। त्यतिबेलासम्म अझ घट्ने सम्भावना पनि हुन्छ अथवा अहिलेकै कायम रहन पनि सक्छ।
यसअघि शुक्रबार ८.६ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम स्वाट्टै घटेर शनिबार ६.२ मा झरेको थियो।
मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम केही बढ्छ भने राति आकाश सफा रह्यो भने न्यूनतम तापक्रम घट्छ।
प्रकाशित: २१ मंसिर २०८२ ६:३७
प्रतिक्रिया



