काठमाडौँ- काठमाडौँ उपत्यकामा आज (बुधबार) बिहान मंगलबारभन्दा चिसो बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियसमा झरेको छ।
हिजो मंगलबार यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस थियो। यद्यपि पछि बिहान ८:४५ बजे थप घटेर मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस कायम भएको थियो।
आजको पनि आधिकारिक न्यूनतम तापक्रम अहिले ८:४५ बजे फेरि मापन गरिन्छ। त्यतिबेलासम्म न्यूनतम तापक्रम अरू घट्न सक्छ अथवा कहिलेकाहीँ अहिलेकै कायम रहन पनि सक्छ।
प्रकाशित: २४ मंसिर २०८२ ६:४८
प्रतिक्रिया



