काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढेको छ। पाउन्डको भने घटेको छ। त्यसैगरि अमेरिकी डलर र बहराइन दिनारको खरिददर बढ्दा बिक्रीदर भने घटेको छ।
आज अमेरिकी डलर १ को खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा थियो।
आज युरो १ को खरिददर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ४८ पैसा छ। हिजो युरो १ को खरिददर १६७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९१ रुपैयाँ २० पैसा र बिक्रीदर १९२ रुपैयाँ छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९२ रुपैयाँ १४ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर ९५ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८५ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९५ रुपैयाँ २५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६५ पैसा थियो।
आज कुबेती दिनार १ को खरिददर ४६७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ७२ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४६७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ३८ पैसा थियो।
आज बहराइन दिनार १ को खरिददर ३८१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ६५ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३८० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३८३ रुपैयाँ २८ पैसा थियो।



