शिक्षक सरुवा कार्यविधि संशोधन र पेसागत सुरक्षामा कडा कदम चाल्छौं : अध्यक्ष सुवेदी

हिमाल प्रेस २२ मंसिर २०८२ १०:५४
38
SHARES
शिक्षक सरुवा कार्यविधि संशोधन र पेसागत सुरक्षामा कडा कदम चाल्छौं : अध्यक्ष सुवेदी

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति खोटाङको पाँचौँ जिल्ला परिषद् शनिबार दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयको परिसरमा विशेष कार्यक्रममार्फत सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदी उपस्थित रहेर खोटाङ जिल्ला समितिलाई बधाई तथा शुभकामना दिएका थिए।

अध्यक्ष सुवेदीले शिक्षक सरुवा कार्यविधि संशोधन, शिक्षक कर्मचारीलाई स्थानीय भत्ता, पेसागत सुरक्षा ग्यारेन्टीलगायतका विषयमा महासंघले कडा कदम चाल्ने बताए।

सुवेदीले कार्यक्रमका लागि आमन्त्रण तथा आतिथ्य उपलब्ध गराएकोमा महासंघ खोटाङका जिल्ला अध्यक्ष मीनकुमार दाहाल, नेपाल शिक्षक संघका संघीय सदस्य शिवहरि ढकाल, खोटाङ अध्यक्ष मेजर राईसहित स्थानीय संघसंस्थाका पदाधिकारीप्रति आभार व्यक्त गरे।

प्रकाशित: २२ मंसिर २०८२ १०:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast