पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँ : मन्त्री घिसिङ

हिमाल प्रेस २८ मंसिर २०८२ २१:०४ | Sunday, December 14, 2025
28
SHARES
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँ : मन्त्री घिसिङ फाइल तस्बिर

काठमाडौँ– भौतिक पूर्वाधार यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले पोखरा रङ्गशालाको निरीक्षण गरेका छन्। उनले रङ्गशालाभित्रको अन्तर्राष्ट्रिय फुटबल मैदानको समेत निरीक्षण गरे ।

मन्त्री घिसिङलाई जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरूङसहित विभिन्न खेलकुद संस्था एवं प्रदेश खेलकुद परिषद्का सदस्यहरुले रङ्गशालमा स्वागत गरेका थिए।

उनले फुटबल मैदानमा फ्लड लाइट र स्कोरबोर्ड राख्न सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले तत्काल प्रक्रिया सुरु गरेर यसै वर्ष फ्लडलाइट जडान गर्ने जानकारी दिए।

‘पोखरा स्पोर्टस् कम्प्लेक्स असाध्यै राम्रो रहेछ। म पहिलोपटक यहाँ आउँदा खुसी लाग्यो। फुटबल मैदानमा फ्लडलाइट जडान गर्नुपर्ने माग जायज छ। यसका लागि अर्थ मन्त्रालयसँग समन्वय गरेर यसै वर्ष काम अघि बढाउँछौँ। साथै भौतिक मन्त्रालयबाट जति सक्दो छिटो बजेट व्यवस्था गरेर निर्माण सम्पन्न गर्न पहल हुनेछ,’ मन्त्री घिसिङले भने।

पोखरा फुटबल रङ्गशालामा फ्लडलाइट नहुँदा अन्तर्राष्ट्रियस्तरका फुटबल खेल हुन सकेका छैनन्। यसैगरी रात्रिकालीन खेलकुद भएको छैन।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डीबी नेपालीले मन्त्री घिसिङलाई पोखरा रङ्गशालाबारे जानकारी गराएका थिए। मन्त्री घिसिङले क्रिकेट मैदान, बहुउद्देश्शीय कभर्ड हललगायतका खेल पूर्वाधारको अवलोकन गरेका थिए।

प्रकाशित: २८ मंसिर २०८२ २१:०४ | Sunday, December 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast