संसद पुन: स्थापना गराएर छोडछौँ : ओली (पूर्णपाठ)

हिमाल प्रेस २७ मंसिर २०८२ १५:२७
22
SHARES
संसद पुन: स्थापना गराएर छोडछौँ : ओली (पूर्णपाठ) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुन: स्थापना गराएरै छोड्ने दाबी गरेका छन्। शनिबार पार्टीको ११ औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै ओलीले यस्तो बताएका हुन्।

उनले लोकतन्त्र जोगाउन पनि संसद पुनः स्थापना आवश्यक रहेको बताए। ओलीले मिचिएको संविधानलाई ट्र्याकमा ल्याएर छोड्ने पनि उल्लेख गरे।

‘सरकारले सुन्नेगरी भन्न चाहन्छु, यो मानिसहरूको भीडमात्रै होइन। देश र लोकतन्त्र जोगाउने अभियान हो,’ ओलीले भने,‘एमालेलाई जिस्काउने काम कसैले नगरोस्। संसद पुनः स्थापना गराएरै छोडिन्छ। संविधान मिचिएको छ, ट्र्याकमा ल्याएरै छाडिन्छ।’

उनले जेनजी प्रदर्शनका क्रममा थप क्षति हुन नदिन राजीनामा दिएको बताए। ओलीले आफू हेलिकप्टर चढेर भागेको कुरा सत्य नभएको बताए।

‘त्यो महाविनाशलाई शामी बिर्सिदैनौँ, त्यसको छानविन होस्। दोषीलाई कारबाही होस्,’ ओलीले भने,‘थप क्षति नहोस् भनेर मैले राजीनामा दिए, हेलिकप्टर चढेर भागेको प्रचार गलत हो।’

अध्यक्ष ओलीले सरकारले गराउने भनिरहेको निर्वाचनको तयारी कतै नदेखिएको जिकिर गरे। उनले भने,‘सरकारले फागुन २१ गते निर्वाचन गराउँछु भनेर भनिरहेको छ। त्यसको तयारी कतै देखिएको छैन। निषेधाज्ञा गरेर निर्वाच हुन सक्दैन।’

जेनजी आन्दोलनको नाममा सरकार परिवर्तन गरिएको र नेपाली एकतामा ठूलो खलल पु¥याएको उनको भनाइ छ। उनले जेनजी आन्दोलनका नाममा देशलाई उल्टो दिशामा लगिएको आरोपसमेत लगाए।

यस्तो छ ओलीको सम्बोधनको पूर्णपाठ :

प्रकाशित: २७ मंसिर २०८२ १५:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast