पोखरा रंगशालामा फ्लड लाइट जडान गर्छौँ : मन्त्री घिसिङ

हिमाल प्रेस २८ मंसिर २०८२ २०:०१ | Sunday, December 14, 2025
22
SHARES
पोखरा रंगशालामा फ्लड लाइट जडान गर्छौँ : मन्त्री घिसिङ फाइल तस्बिर

कास्की- भौतिक पूर्वाधार यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आज (आइतबार) पोखरा रंगशालाको निरीक्षण गरेका छन्। उनले रंगशालाभित्रको अन्तर्राष्ट्रिय फुटबल मैदानको समेत निरीक्षण गरे।

मन्त्री घिसिङलाई जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरूङसहित विभिन्न खेलकुद संस्था एवं प्रदेश खेलकुद परिषद्का सदस्यहरुले रंगशालमा स्वागत गरेका थिए। उनले फुटबल मैदानमा फ्लड लाइट (रात्रिकालीन बत्ती) र स्कोरबोर्ड राख्न सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले तत्काल प्रक्रिया सुरु गरेर यसै वर्ष फ्लडलाइट जडान गर्ने जानकारी दिए।

‘पोखरा स्पोर्टस् कम्प्लेक्स असाध्यै राम्रो रहेछ। म पहिलो पटक यहाँ आउँदा खुसी लाग्यो। फुटबल मैदानमा फ्लडलाइट जडान गर्नुपर्ने माग जायज छ। यसका लागि अर्थ मन्त्रालयसँग समन्वय गरेर यसै वर्ष काम अघि बढाउँछौँ। साथै भौतिक मन्त्रालयबाट जति सक्दो छिटो बजेट व्यवस्था गरेर निर्माण सम्पन्न गर्न पहल हुनेछ’, मन्त्री घिसिङले भने।

पोखरा फुटबल रंगशालामा फ्लडलाइट नहुँदा यहाँ अन्तर्राष्ट्रियस्तरका फुटबल खेल हुन सकेका छैनन्। यसै गरी रात्रिकालीन खेलकुद भएको छैन।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिबी नेपालीले मन्त्री घिसिङलाई पोखरा रंगशालाबारे जानकारी गराएका थिए। मन्त्री घिसिङले क्रिकेट मैदान, बहुउद्देश्शीय कभर्ड हल लगायतका खेल पूर्वाधारको अवलोकन गरेका थिए।

प्रकाशित: २८ मंसिर २०८२ २०:०१ | Sunday, December 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast