ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा हार्‍यौं : मुख्य प्रशिक्षक विराटनगर किंस

हिमाल प्रेस २६ मंसिर २०८२ ६:१४ | Friday, December 12, 2025
12
SHARES
ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा हार्‍यौं : मुख्य प्रशिक्षक विराटनगर किंस

काठमाडौँ- लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ। बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा विराटनगर किंसलाई ४० रनले पराजित गरेर लुम्बिनी फाइनलमा पुगेको हो।

लुम्बिनीले अब फाइनलमा शनिबार (मंसिर २७ गते) सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ। यो सिजनमा नयाँ टोली च्याम्पियन बन्ने पक्का छ। गत संस्करणको विजेता जनकपुर बोल्ट्स लिग चरणबाटै बाहिरिएको थियो।

विराटनगर तेस्रो हुँदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ। बिहीबार खेलमा जीतका लागि पाएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगर ९४ रनमा समेटियो।

ब्याटरले जिम्मेवारी नलिँदा खेल हार्नुपरेको सञ्चारकर्मीसँगको प्रतिक्रियामा विराटनगरका मुख्य प्रशिक्षक धमीका प्रसादले बताए।

लक्ष्य सहज रहेको भए पनि ब्याटरहरूले एक सय रन पनि कटाउन नसकेको र यसको जिम्मेवारी पनि ब्याटरहरूले नै लिनुपर्ने उनको भनाइ थियो।

लुम्बिनीलाई बढीमा १२० रनमा रोक्ने लक्ष्य रहेको भए पनि १४ रन थप जोडेको मुख्य प्रशिक्षक प्रसादले बताए। पावरप्लेदेखि नै विकेट गुमाउँदै गएका कारण खेलमा हार बेहोर्नुपरेको उनको भनाइ थियो।

फाइनल पुगेपछि लुम्बिनी लायन्सका ओपनर ब्याटर डार्सी सर्टले लिग चरणबाटै संघर्ष गरेर फाइनल पुगेको बताए। लिग चरणबाटै सबै खेल जित्नैपर्ने स्थितिबाट आएको उल्लेख गर्दै उनले अब फाइनल खेल जितेर च्याम्पियन बन्ने बताए।

प्रकाशित: २६ मंसिर २०८२ ६:१४ | Friday, December 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast