निर्वाचन सफल बनाउन गम्भीर भएर लागेका छौँ : मन्त्री खरेल

हिमाल प्रेस ३ पुष २०८२ १४:१५ | Thursday, December 18, 2025
30
SHARES
निर्वाचन सफल बनाउन गम्भीर भएर लागेका छौँ : मन्त्री खरेल

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनलाई सफल बनाउन गम्भीर भएर सरकारले काम गरिरहेको बताएका छन्।

बिहीबार गोरखापत्र संस्थान आयोजना गरेको कार्यक्रममा मन्त्री खरेलले निर्वाचनका लागि सुरक्षादेखि राजनीतिक दल, युवा लगायत सबैसँग छलफल गरिरहेको भन्दै निर्वाचनलाई सफल बनाउन गम्भीर भएर सरकारले काम गरिरहेको बताएका हुन्।

उनले निर्वाचनलाई उत्सवका रुपमा नभई महोत्सवका रूपमा सम्पन्न गर्न सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिए। मन्त्री खरेलले निर्वाचनका साथै भ्रष्टाचार नियन्त्रण र सुशासनमा समेत सरकारले विशेष ध्यान दिएको बताए।

पछिल्लो तीन महिनामा ३० वटा बढी भ्रष्टाचारका मुद्दा दर्ता भएको भन्दै उनले विगतका दिनमा प्रभाव र दबाबमा मुद्दा अगाडि नबढ्ने अवस्थाको अन्त्य भएको जिकिर गरे।

मन्त्री खरेलले भ्रष्टाचार नियन्त्रणका निकायलाई स्वतन्त्ररूपमा अनुसन्धान गर्न सरकारले कुनै हस्तक्षेप नगरेको स्पष्ट पारे।

प्रकाशित: ३ पुष २०८२ १४:१५ | Thursday, December 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast