वालनटको ‘ह्याप्पी आवर’ अफर, खाना नमिठो लागेमा पैसा नलाग्ने

हिमाल प्रेस ८ पुष २०८२ ८:१८ | Tuesday, December 23, 2025
2
SHARE
वालनटको ‘ह्याप्पी आवर’ अफर, खाना नमिठो लागेमा पैसा नलाग्ने

काठमाडौँ- पानीपोखरीस्थित वालनट बिस्ट्रो रेस्टुरेन्टले दैनिक तथा नयाँ आउने ग्राहकलाई लक्षित गरेर खानामा विन्टर अफर ल्याएको छ। रेस्टुरेन्टले दैनिक बिहान साढे ९ बजेदेखि दिउँसो ३ बजेसम्म ‘ह्याप्पी आवर’ अफरमा मटन, चिकन र भेज खानामा २५ प्रतिशत छुटसहितको अफर सार्वजनिक गरेको हो।

ह्याप्पी आवरको खानामा २५ प्रतिशत छुट भएपछि मटन खाना ५६२ रुपैयाँ, चिकन खाना ४८७ र भेज खाना ४४९ रुपैयाँमा पाइने भएको छ। रेस्टुरेन्टमा मटन, चिकन र भेज खानाको साथै अन्य परिकार पनि उपलब्ध रहेको निर्देशक आकाश पौडेलले जानकारी दिए।

यो अफर रेस्टुरेन्टमा चार वर्षदेखि जारी छ। उनका अनुसार ह्याप्पी आवरबाहेक मटन खाना ७४९ रुपैयाँ, चिकन खाना ६४९ र भेज खाना ५९९ रुपैयाँ रहेको छ।

‘खानाको स्वाद नमिठो लागेमा खाना नि: शुल्क खान पाइनेछ,’ पौडेलले भने। त्यसैगरी, रेस्टुरेस्लेट हालै ‘लिटल फ्री लाइब्रेरी’ (सानो निःशुल्क पुस्तकालय) नौलो अभियानको थालनी गरेको छ। जसअन्तर्गत कोही ग्राहकले पुस्तक निःशुल्क लिन सक्ने र आफ्नै पुस्तक राखिदिन सक्ने व्यवस्था गरिएको छ।

रेस्टुरेन्टको प्रवेशद्वार नजिकै राखिएको यो सानो तर आकर्षक पुस्तकालय बाकसमा साहित्य, कविता, यात्रा विवरण, जीवनीदेखि बालसाहित्यसम्मका विविध पुस्तकहरू उपलब्ध हुनेछन्। ‘पुस्तक छोड र पुस्तक लिएर जाऊ ‘ अर्थात् ‘एउटा लिनुस्, एउटा राखिदिनुस्’ भन्ने अवधारणामा आधारित यो अभियानले पुस्तक आदानप्रदानमार्फत पढ्ने संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यसहित पुस्तकालय सञ्चालनमा ल्याइएको रेस्टुरेन्लेट सञ्चालनमा ल्याएको हो। ग्राहकहरूलाई भोजनभन्दा बढी ज्ञानको अनुभव दिने लक्ष्य लिएको छ।

प्रकाशित: ८ पुष २०८२ ८:१८ | Tuesday, December 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast