अमेरिका–नेपाल प्रविधि साझेदारी मजबुत बन्दै गएको छ : अमेरिकी राजदूत

हिमाल प्रेस २३ मंसिर २०८२ १७:३१
12
SHARES
अमेरिका–नेपाल प्रविधि साझेदारी मजबुत बन्दै गएको छ : अमेरिकी राजदूत

काठमाडौँ- नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले अमरिकी कम्पनी ‘भील एप’ को काठमाडौँस्थित कार्यालयको अवलोकन र नयाँ उत्पदानहरूको उद्घाटन गरेका छन्।

नेपाली–अमेरिकी उद्यमी दिलिप ढकालले स्थापना गरेको ‘भील’ ले कन्टेन्ट क्रियएटरहरूलाई विश्वभरका प्रमुख ब्रान्डसँग जोड्ने तथा अमेरिकीका साथै अन्य अन्तर्राष्ट्रिय ब्रान्डहरूसँगको सहकार्यमा समन्वय गर्ने गरेको छ।

यो एपले क्रिएटरहरूको आयआर्जन र प्रभाव बढाउने लक्ष्य लिएको छ।

हाल अमेरिका र नेपालमा रोजगारी सिर्जना गरिरहेको यो एपले भविष्यमा थप अवसर विस्तार गर्ने योजना बनाएको कम्पनीले जनाएको छ।

कार्यक्रममा बोल्दै राजदूत थम्पसनले अमेरिका–नेपाल प्रविधि साझेदारी मजबुत बन्दै गएको बताए। उनले भने,‘भील जस्ता अमेरिकी कम्पनीहरूले नेपालमा उत्कृष्ट सम्भावना देखेका छन्। यहाँ प्राप्त हुने प्रविधिक र मानव स्रोत सहयोगले उनीहरूको सेवालाई थप प्रभावकारी बनाउन मद्त पुर्‍याउँछ।’

थम्पसनले नेपालमा सीप विकास तथा ऊर्जा क्षेत्र सुदृढीकरणका क्षेत्रमा अमेरिकाको निरन्तर सहयोगले दुवै मुलुकका लागि नयाँ अवसरहरू प्राप्त हुँदै गएको बताए।

प्रकाशित: २३ मंसिर २०८२ १७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast