डीभी चिट्ठामाथि अमेरिकाले लगायो रोक

हिमाल प्रेस ४ पुष २०८२ १६:१५ | Friday, December 19, 2025
40
SHARES
डीभी चिट्ठामाथि अमेरिकाले लगायो रोक

वासिङ्टन डीसी (रासस/एएफपी)- अमेरिकाले डीभी चिट्ठामा अस्थायी रूपमा रोक लगाएको छ। अमेरिकी सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार यसको जानकारी दिएकी हुन्।

ब्राउन युनिभर्सिटीमा सामूहिक गोलीबारीमा संदिग्ध क्लाउडियो नेभेस भ्यालेन्टे डीभी चिट्ठामार्फत् अमेरिका प्रवेश गरेको खुलेको छ। पोर्चुगलका नागरिक नेभेसमाथि डिसेम्बर१३ मा आइभी लिग स्कुलको भवनमा आक्रमण गरी परीक्षामा बसेका विद्यार्थी माथि गोली चलाएको आरोप लगाइएको छ, जसमा दुई जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए।

उनीमाथि दुई दिन पछि म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) का एक जना प्राध्यापकको हत्या गरेको आरोप पनि लगाइएको जनाइएको छ।

नोमले सामाजिक सञ्जालमा नेभेस भ्यालेन्टे सन् २०१७ मा डाइभर्सिटी लटरी इमिग्रेन्ट भिसा कार्यक्रम (डीभी-१) मार्फत संयुक्त राज्य अमेरिकामा प्रवेश गरेर ग्रिन कार्ड प्राप्त गरेको बताएकी छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा तत्काल संयुक्त राज्य अमेरिकाको नागरिकता र अध्यागमन सेवा ग्रीन कार्ड कार्यक्रम रोक्न निर्देशन दिएको उनले उल्लेख गरिन्।

त्यहाँको प्रहरीका अनुसार नेभेस भ्यालेन्टेको लामो समयको खोजीपछि उनी आत्महत्या गरेको अवस्थामा फेला परेका छन्।

अमेरिकी विदेश विभागका अनुसार ग्रिन कार्ड लटरीले अमेरिकामा आप्रवासनका लागि विभिन्न देशबाट वार्षिक रूपमा ५५ हजार जनालाई स्थायी भिसा प्रदान गर्छ।

प्रकाशित: ४ पुष २०८२ १६:१५ | Friday, December 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast