३० बिघामा लगाएको गाँजा फडानी

हिमाल प्रेस १६ पुष २०८२ ९:०२ | Wednesday, December 31, 2025
20
SHARES
३० बिघामा लगाएको गाँजा फडानी गाँजाको विरुवा

बागमती- मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३० बिघामा लगाइएको गाँजा र अफिमखेती प्रहरीले नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार अभियान नै सञ्चालन गरेर २१ बिघामा लगाइएको गाँजा र नौ बिघामा लगाइएको अफिम नष्ट गरिएको हो। अभियानका क्रममा राक्सिराङ गाउँपालिका–१, ६, ७ र ८ तथा कैलाश गाउँपालिका–१, २, ३, ५, ६ र ९ का विभिन्न स्थानमा गरिएको गाँजा र अफिमखेती फडानी गरी नष्ट गरिएको हो।

गाँजा फडानी अभियानलाई निरन्तरता दिइने छ। रासस

प्रकाशित: १६ पुष २०८२ ९:०२ | Wednesday, December 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast