राप्रपा र राप्रपा नेपालबीच एकता, अध्यक्ष लिङ्देन रहने

हिमाल प्रेस १६ पुष २०८२ १९:४५
32
SHARES
राप्रपा र राप्रपा नेपालबीच एकता, अध्यक्ष लिङ्देन रहने

काठमाडौँ- राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता भएको छ। बुधबार काठमाडौँमा एक कार्यक्रम गर्दै दुई पार्टीबीच एकताको घोषणा गरिएको हो।

कार्यक्रममा लिङ्देन र थापाले एकीकरणसम्बन्धी ६ बुँदे आधारपत्रमा हस्तक्षर गरेका थिए। एकीकरणसम्बन्धी आधारपत्रमा पूर्ण धार्मिक स्वतन्त्रसहितको सनातन धर्म सापेक्ष हिन्दुअधिराज्य राजसंस्थासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिको सिद्धान्त मार्ग दर्शन हुने उल्लेख छ।

राप्रपाका अध्यक्ष लिङ्देन पार्टीको अध्यक्ष रहने, राप्रपाको एकता महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित भएर पछि राप्रपा नेपाल रोजेकाहरूलाई सोही जिम्मेवारीमा फर्काइने उल्लेख छ। एकता घोषणा कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका अग्रजहरु सँगै आएसँगै अब पार्टी थप बलियो हुने बताए। उनले कमल थापा नहुँदाको राप्रपा सदैव अपूर्णजस्तो लाग्ने गरेको भन्दै अब मनमा रहेको एक प्रकारको रिक्तता हटेर गएको उल्लेख गरे।

राप्रपाका फर्किएका नेता कमल थापाले दुई पार्टीबीच एकता भनिए पनि पुनर्मिलन जस्तै भएको बताए। उनले पार्टीका मुद्दा स्थापित गर्न आन्दोलन बाहेकको अरू कुनै विकल्प नरहेको धारणा राखे।

दुईपार्टीबीच एकताको आधारपत्रमा २०७८ मंसिरमा सम्पन्न एकता महाधिवेशन हुँदाका बखत कायम रहेका वडा, गाउँ, नगर र जिल्ला तहका पदाधिकारी सदस्यहरुलाई तत् तत् जिल्लामा सम्मानजनक ढंगबाट गर्दै लगिने सहमति भएको छ।

राप्रपा नेपालका संयोजित संगठनका पदाधिकारी र सदस्यहरूलाई राप्रपाको सम्बन्धित भातृसंगठनहरुमा सम्मानजनक ढंगले समायोजन गर्ने सहमति भएको छ। चार वर्षअघि भएको महाधिवेशनमा राप्रपाको अध्यक्ष पदमा लिङ्देनसँग पराजित भएपछि थापाले पार्टी छाडेर राप्रपा नेपाल गठन गरेका थिए।

प्रकाशित: १६ पुष २०८२ १९:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast