११ औँ महाधिवेशनपछि पहिलो पटक बस्दैछ एमालेको सचिवालय बैठक

हिमाल प्रेस १३ पुष २०८२ ७:५३ | Sunday, December 28, 2025
8
SHARES
११ औँ महाधिवेशनपछि पहिलो पटक बस्दैछ एमालेको सचिवालय बैठक

काठमाडौँ- नेकपा एमालेले सचिवालय बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजे सचिवालय बैठक बस्न लागेको एक नेताले जानकारी दिए।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नुपर्नेछ। त्यसबारेमा छलफल गर्नका लागि सचिवालय बैठक बोलाइएको ती नेताले जानकारी दिए।

साथै एघारौं महाधिवेशनपछि नेताहरूको कार्यविभाजन तोक्न बाँकी रहेकाले सचिवालय बैठकमा त्यसबारेमा पनि छलफल हुनेछ।

प्रकाशित: १३ पुष २०८२ ७:५३ | Sunday, December 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast