अपांगता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली

हिमाल प्रेस १७ मंसिर २०८२ ८:२९
8
SHARES
अपांगता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली भेटघाट कार्यक्रमdf cWoIf cf]nL भक्तपुर, २३ असोजM g]skf-एमाल]_sf cWoIf s]kL zdf{ cf]nL Pdfn] भक्तपुर जिल्ला कमिटीåf/f भक्तपुरमा‌‌ बिxLबार आयोजित भेटघाट कार्यक्रमnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/M चन्द्रकला क्षेत्री रासस

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपांगता भएका व्यक्तिका लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्थाले उनीहरूलाई समाजले गर्दै आएको नकारात्मक व्यवहारमा परिवर्तन आएको बताएका छन्।

अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक र नागरिक अधिकार प्राप्तिका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई संगठित गर्दै पार्टीले नेतृत्वमा स्थापनाको प्रयास जारी राखेको उल्लेख गरेका छन् ।

सन्देशमा अध्यक्ष ओलीले भनेका छन् ‘अपांगता भएका व्यक्तिहरूको स्वतन्त्र, स्वावलम्बी र मर्यादित जीवनयापन गर्न व्यक्तिगत सहयोगी सेवा, सहायक सामग्री तथा प्रविधि सेवा, पहुँच युक्तता, सामाजिक सुरक्षा, पारा खेलकुदको विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारीका सवालमा नेकपा एमाले गम्भीर छ ।’

प्रकाशित: १७ मंसिर २०८२ ८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast