एमाले महाधिवेशन : १ बजे मतदान सुरु हुन कठिन, बेलुकासम्ममा थाल्ने तयारी

हिमाल प्रेस १ पुष २०८२ ९:३० | Tuesday, December 16, 2025
12
SHARES
एमाले महाधिवेशन : १ बजे मतदान सुरु हुन कठिन, बेलुकासम्ममा थाल्ने तयारी

काठमाडौँ- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार आज मतदानको समय तोकिएको छ । नयाँ नेतृत्वका लागि हिजो राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली पनि आयोगले सार्वजनिक गरिसकेको छ।

उनका अनुसार कुल ३०१ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी ३५१ पदका लागि निर्वाचन हुँदैछ । एमालेले यसपटक महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको हो । मतदानमा ८० विद्युतीय भोटिङ मेसिनमार्फत मतदानको व्यवस्था मिलाइएको छ ।

रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले अहिले विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारको नाम ‘इन्ट्री’ गर्ने कार्य भइरहेको जानकारी दिए । ‘हामीले निर्धारित समयमा उम्मेदवारको नाम मेसिनमा इन्ट्री गरेर निर्वाचन आयोगलाई बुझाउने कोसिसमा छौँ’, उनले भने, ‘तर धेरै उम्मेदवार भएको कारण हामीलाई केही समय लाग्ने भएकाले मतदानको समय पनि केही ढिला हुनसक्छ ।’ उनका अनुसार सिस्टमले काम गरे बेलुकाबाट मतदान सुरु हुनेछ।

केही दिनदेखि काठमाडौँमा एमालेको महाधिवेशन जारी छ। अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दिएका छन्। दुवै नेताले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म समूहगत रूपमा चुनाव लड्दैछन्।

प्रकाशित: १ पुष २०८२ ९:३० | Tuesday, December 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast