एमाले महाधिवेशन : मतदान अन्तिम चरणमा

हिमाल प्रेस ३ पुष २०८२ ६:१९ | Thursday, December 18, 2025
12
SHARES
एमाले महाधिवेशन : मतदान अन्तिम चरणमा

काठमाडौँ- नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा जारी निर्वाचन अन्तिम चरणमा पुगेको छ। बुधबार बिहानदेखि सुरु भएको मतदान प्रक्रिया बिहीबार बिहान समापनतर्फ अग्रसर भएको हो।

निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार जम्मा २ हजार २ सय ६३ मतदाता रहेकोमा बिहीबार बिहान पाँच बजेसम्म २ हजार ९१ मत खसिसकेको छ।

उपाध्यक्ष पोखरेलले मतदान अन्तिम चरणमा पुगेको र बाँकी मतदाताहरू लाइनमा रहेको जानकारी दिए। आयोगले यसअघि बिहान पाँच बजेसम्म मतदानस्थल प्रवेश गरिसक्नुपर्ने सूचना जारी गरेको थियो।

मतदान प्रक्रिया सम्पन्न भएपछि तीन घण्टाभित्र नतिजा सार्वजनिक हुने उपाध्यक्ष पोख्रेलले जानकारी दिए ।

प्रकाशित: ३ पुष २०८२ ६:१९ | Thursday, December 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast