एमाले महाधिवेशन, सुरेन्द्र पाण्डे भन्छन्- चुनावले माहोल नै परिवर्तन गरिदिएको छ

हिमाल प्रेस २९ मंसिर २०८२ १६:००
16
SHARES
एमाले महाधिवेशन, सुरेन्द्र पाण्डे भन्छन्- चुनावले माहोल नै परिवर्तन गरिदिएको छ

काठमाडौँ- नेकपा एमालेको जारी महाधिवेशनमा चुनावले माहोल नै परिवर्तन गरिदिएको महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेले बताएका छन्।

भृकुटीमण्डपमा अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलबीच चुनावी भिडन्त निश्चित बनेपछि पाण्डेले सोमबार सामाजिक सञ्जालमा चुनावले माहोल परिवर्तन गरेको बताएका हुन्।

‘महाधिवेशनस्थलको माहोल हेर्दा साँच्चै गर्व लाग्छ। चुनावले माहोल नै परिवर्तन गरिदिएको छ– खुला छलफल छ, फरक मत आत्मविश्वासका साथ व्यक्त भइरहेका छन् र उत्साहले देखाउँछ कि एमाले जीवित छ, जागेको छ। यहाँ डर होइन विवेकले बोलिरहेको छ, दबाब होइन विश्वासले निर्णय लिँदैछ। यो कुनै एक व्यक्तिको पक्ष वा विपक्षको क्षण होइन, पार्टीको सामूहिक भविष्यप्रतिको जिम्मेवारीको क्षण हो,’ उनले लेखेका छन्।

पाण्डेलेले हजारौं कार्यकर्ताको स्वविवेकबाट बनेको यही वातावरण नै एमालेको वास्तविक शक्ति भएको र यही लोकतान्त्रिक मूल्य जोगाउ नै पर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast