नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डे
काठमाडौँ- नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिने भएका छन्।
संस्थापनइतरबाट अध्यक्षमा ईश्वर पोखरेल उम्मेद्वार हुनेछन् भने उपाध्यक्षमा गोकर्ण विष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपालले प्रतिस्पर्धा गर्नेछन् । उपाध्यक्षमा एकजनाको नाम टुंगो लगाउन बाँकी छ ।
महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा योगेश भट्टराई उम्मेद्वार बन्नेछन् । बाँकी दुई उम्मेद्वार कसलाई बनाउने छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।
सचिवमा रचना खड्का, कर्ण थापा, गोकुल बास्कोटा, विनोद ढकाल, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे, इन्द्रलाल सापकोटा उठ्ने भएका छन् । बाँकी दुईजनामा कसलाई अघि सार्ने छलफल भइरहेको छ।
पार्टीको निर्वाचन आयोगले बेलुका उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ। महाधिवेशनमा मतदान भने पुस १ मा मात्र हुँदैछ। अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल भिड्दैछन्।



