एमाले महाधिवेशन : शंकर र सुरेन्द्र महासचिवमा भिड्दै

हिमाल प्रेस २९ मंसिर २०८२ ११:०१ | Monday, December 15, 2025
46
SHARES
एमाले महाधिवेशन : शंकर र सुरेन्द्र महासचिवमा भिड्दै शंकर पोखरेल र सुरेन्द्र पाण्डे

काठमाडौँ- नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि दुवै समूहले पदाधिकारीका उम्मेदवार टुंगो लगाएका छन्। यसपटक संस्थापनबाट केपी शर्मा ओली नै अध्यक्षको उम्मेदवार बन्ने निश्चित हुँदा अर्को समूहबाट ईश्वर पोखरेल प्रतिस्पर्धा गर्ने निश्चित छ।

यसपटक महासचिव पदमा ओली प्यानलबाट शंकर पोखरेल टुंगो लाग्दा पोखरेल प्यानलबाट सुरेन्द्र पाण्डे भिड्न लागेका हुन्। संस्थापनबाट प्रदीप ज्ञवालीले महासचिवमा दोबदारी नछाड्दा उम्मेदवारी टुंग्याउन सकस परेको थियो। अन्ततः ओलीकै इच्छा बमोजिम महासचिवमा शंकर अघि सारियो।

यता इतरपक्षबाट भने महासचिवमा पाण्डेको नाम बिहानै टुंगिएको हो। १० औँ महाधिवेशनमा पोखरेल महासचिव बन्दा पाण्डे उपाध्यक्ष बनेका थिए। त्यतिबेला दुवै ओली समूहबाट लडेका थिए। दुवै समूहले पदाधिकारीका उम्मेदवार टुंग्याएका छन्। निर्वाचन आयोगले आगामी जेठ १ मा मतदान हुने जनाएको छ।

प्रकाशित: २९ मंसिर २०८२ ११:०१ | Monday, December 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast