काठमाडौँ- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको मतदानको मतगणना जारी छ। हालसम्म ४४३ मत गणना हुँदा अध्यक्ष पदमा केपी शर्मा ओलीले अग्रता बनाएका छन् । उनले ३३३ मत ल्याउँदा प्रतिस्पर्धी ईश्वर पोखरेलले ११० मत ल्याएका छन् ।
उता महासचिव पदमा शंकर पोखरेलले २४९ ल्याउँदा उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले १९४मत ल्याएका छन् । मतगण्ना जारी छ।
प्रकाशित: ३ पुष २०८२ ११:०८
प्रतिक्रिया




