एमाले महाधिवेशन

एमाले महाधिवेशन : बन्यो ओलीको प्यानल, प्रदीप ज्ञवालीले छाडेको उपाध्यक्षमा रघुजी पन्त

हिमाल प्रेस १ पुष २०८२ १३:५१ | Tuesday, December 16, 2025
72
SHARES
एमाले महाधिवेशन : बन्यो ओलीको प्यानल, प्रदीप ज्ञवालीले छाडेको उपाध्यक्षमा रघुजी पन्त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ- नेकपा एमालेको ११ औँ महाधिवशेनमा आज पदाधिकारीसहित विभिन्न पदमा मतदान हुने कार्यतालिका रहेको छ। यसपटक पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आफ्नो टिम बनाएर चुनावी मैदानमा होमिएका छन्।

दुवै पक्षले जितका लागि रणनीति बनाएर अघि बढिरहेका छन्। यसैबीच अध्यक्ष ओली पक्षीय नेताहरुले आफ्नो प्यानलको उम्मेदवारहरुको सूची आन्तरिकरुपमा प्रतिनिधिहरुलाई पठाइरहेका छन्।

ओलीको प्यानलमा उपाध्यक्षमा रघुजी पन्त समेटिएका छन्। पन्तले यसअघि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। उपाध्यक्षमा प्रदीप ज्ञवालीले मनोनयन नगरेपछि ओलीले पन्तलाई समेटेका थिए।

प्रकाशित: १ पुष २०८२ १३:५१ | Tuesday, December 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast