एमाले महाधिवेशन : ओलीकै वर्चस्व

हिमाल प्रेस ३ पुष २०८२ १३:०८ | Thursday, December 18, 2025
32
SHARES
एमाले महाधिवेशन : ओलीकै वर्चस्व

काठमाडौँ- नेकपा एमालेको ११ औँ महाधिवेशनको मतपरिणाम आउने क्रम जारी छ। महाधिवेशनमा समूह बनाएर लडेका नेताहरूबीच केपी ओली समूहको वर्चस्व देखिएको छ। महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेलले समूह बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए।

पछिल्लो मत परिणामअनुसार अध्यक्षमा ओलीले पोखरेललाई धेरै मतले अग्रता देखाएका छन्। ओलीले एक हजार ६ सय ६३ र अर्का उम्मेदवार पोखरेलले पाँच सय ६४ मत प्राप्त गरेका छन्।

पाँच उपाध्यक्षमा ओली समूहका पृथ्वीसुब्बा गुरुङ ९००, विष्णुप्रसाद पौडेल ८४६, रामबहादुर थापा बादल ७७४ ले अग्रता लिँदा पोखरेल समूहका गोकर्णराज विष्टको ७१३ मत छ। ओली समूहकै रघुजी पन्तको ६१७ मत छ। सर्वाधिक मत ल्याउने पाँचजना उपाध्यक्षमा निर्वाचित हुनेछन्। हालसम्मको परिणाम हेर्दा पोखरेल समूहबाट उपाध्यक्षमा विष्ट मात्रै अगाडि छन्।

महासचिवमा ओली समूहकै पोखरेको वर्चस्व

एमालेको जारी मत गणना परिणामअनुसार महासचिवमा ओली समूहका शंकर पोख्रेलले ६ सय १३ मत ल्याउँदा ईश्वर समूहका सुरेन्द्रप्रसाद पाण्डेले पाँच सय २६ मत ल्याएका छन्।

उपमहासचिवमा ओली समूहका दुई अगाडि

तीन उपमहासचिवमा लेखराज भट्ट सात सय ३४ मतका साथ अगाडि छन्। उनलाई योगेश भट्टराईले सात सय नौ मतका साथ पछ्याइरहेका छन् भने रघुवीर महासेठको ६ सय ८९ मत छ। योगेश पोखरेल समूहका उम्मेदवार हुन् भने लेखराज र रघुवीर ओली खेवाका हुन्। ओली समूहका विष्णुप्रसाद रिमालले पाँच सय ४० मत ल्याएका छन्।

सचिवमा पनि ओलीकै समर्थक 

९ सचिवमा ओली समूहकै उम्मेदवारको वर्चस्व देखिएको छ। पछिल्लो मतगणनाअनुसार ओली पक्षका महेश बस्नेत र छविलाल विश्वकर्माले सर्वाधिक लोकप्रिय मत पाएका छन्। बस्नेत र विश्वकर्मालाई बराबर ३११ मत आउँदा पद्मा अर्याललाई ३०५ मत आएको छ। चौथो सर्वाधिक मत शेरधन राईले पाएका छन्। उनलाई अहिलेसम्म ३०० मत आएको छ।

नौजना भित्र अटाएका अन्य पाँच उम्मेदवारहरूमा क्रमशः हिक्मतकुमार कार्की, यामलाल कँडेल, खगराज अधिकारी, भानुभक्त ढकाल र राजन भट्टराई छन्।

प्रकाशित: ३ पुष २०८२ १३:०८ | Thursday, December 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast