एमाले महाधिवेशन : ओली पक्षबाट महासचिवको उम्मेदवार को?, ज्ञवाली र पोखरेलको दाबेदारी कायमै

हिमाल प्रेस २९ मंसिर २०८२ ९:४० | Monday, December 15, 2025
26
SHARES
एमाले महाधिवेशन : ओली पक्षबाट महासचिवको उम्मेदवार को?, ज्ञवाली र पोखरेलको दाबेदारी कायमै ओली पक्षबाट ११ औँ महाधिवेशनका प्रवल दाबेदार दुई नेता। शंकर पोखरेल(दायाँ) र प्रदीप ज्ञवाली (बायाँ)

काठमाडौँ- नेकपा एमालेको जारी ११औं महाधिवेशनअन्तर्गत पुस १ गते मतदान हुने गरी निर्वाचन तालिका सार्वजनिक भएपछि अध्यक्ष दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै समूह आफ्नो पदाधिकारीको नाम टुंगो लगाउन आन्तरिक छलफलमा जुटेका छन्।

इतरपक्षले लगभग पदाधिकारीको नामावली टुंग्याएको छ। अध्यक्ष पछिकोे दोस्रो कार्यकारी पद महासचिवमा ओली पक्षकै उम्मेदवारको टुंगो लागेको छैन। पोखरेल प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार बन्ने लगभग टुंगो लागेको छ। उनी दोस्रो पटक महासचिव भिड्दैछन्। ९ औँ महाधिवेशनमा पनि महासचिव भिडेका उनी हालका अध्यक्षका दाबेदार पोखरेलसँग हारेका थिए।

अहिले पोखरेल प्यानलबाटै पाण्डे महासचिव उम्मेदवार बन्दैछन्। उनीसँग संस्थापनबाट को प्रतिस्पर्धामा आउँछ टुंगो लागेको छैन। अहिलेसम्म शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङले दाबेदारी कायम गरिरहेका छन्। निकट स्रोतका अनुसार गुरुङलाई ओलीले उपाध्यक्षमा लैजाने तयारी गरेका छन्।

अहिले पोखरेल र ज्ञवालीबीच दाबेदारीको रस्साकस्सी चलिरहेको छ। ओलीले महासचिवमा पोखरेललाई दोहार्‍याउन चाहेका छन् तर ज्ञवालीले महासचिव नदिए केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिने अडानमा छन्। यही कारण ओलीमाथि दबाब बढेको छ। इतरपक्षले भने सबै पदाधिकारीका उम्मेदवार टुंग्याएको छ। पार्टीको निर्वाचन आयोगले बेलुका उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ। महाधिवेशनमा मतदान भने पुस १ मा मात्र हुँदैछ। अध्यक्षमा ओली र पोखरेल भिड्दैछन्।

प्रकाशित: २९ मंसिर २०८२ ९:४० | Monday, December 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast