काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत माइन्युट कमिटी गठन गरिएको छ। आइतबार पृथ्वी सुब्बा गुरुङको संयोजकत्वमा ७ सदस्यीय कमिटी गठन गरिएको हो।
सदस्यहरुमा सूर्यबहादुर थापा क्षेत्री, ज्वालाकमारी साह, इश्वरी रिजाल, लीला भण्डारी, विष्णु रिजाल र निरज आचार्य रहेका छन्।
एमालेको महाधिवेशन भृकुटीमण्डपमा जारी छ। आइतबार नै पुस १ गते मतदान हुने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ।
प्रकाशित: २८ मंसिर २०८२ २१:३१
प्रतिक्रिया



