एमाले महाधिवेशन : घरदैलो कार्यक्रममार्फत नागरिकलाई सहभागिताको निम्तोपत्र

हिमाल प्रेस २४ मंसिर २०८२ ८:५७ | Wednesday, December 10, 2025
16
SHARES
एमाले महाधिवेशन : घरदैलो कार्यक्रममार्फत नागरिकलाई सहभागिताको निम्तोपत्र

काठमाडौँ- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गराउन एमाले भक्तपुरले अभियान नै सुरु गरेको छ।

भक्तपुरको सल्लाघारीको मैदानमा हुने महाधिवेशन उद्घाटन समारोहमा नागरिकको भव्य उपस्थिति गराउन भक्तपुर एमाले योजनाबद्ध रूपमा लागेको छ। पार्टीका विभिन्न वडा कमिटीहरूले घरदैलो गरी कार्यक्रममा सहभागी हुन नागरिकलाई निम्तोपत्र बाँड्न लागेका छन्।

सोही क्रममा सूर्यविनायक नगरपालिका नं ८ वडा कमिटीले निमन्त्रणा सहितको घरदैलो कार्यक्रम गरेको छ । वडा कमिटीले घर घरमा गएर कार्यक्रममा आउन निम्तो दिएको छ।

मंसिर २७ गतेको उद्घाटन कार्यक्रममा भक्तपुरले ५० हजार भन्दा बढी जनसमुदायको उपस्थिति बनाउने लक्ष लिएको छ। सोही लक्षलाई सफल बनाउन नेकपा एमाले सूर्यविनायक नगर कमिटीले मंगलबार विस्तारित बैठक समेत आयोजना गरेको छ । बैठकमा पार्टी पोलिटब्युरो सदस्य महेश बस्नेत लगायतका सहभागिता थियो।

प्रकाशित: २४ मंसिर २०८२ ८:५७ | Wednesday, December 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast