एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन

हिमाल प्रेस १ पुष २०८२ ८:०३
8
SHARES
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौँ- नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ। जस अन्तर्गत अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ।

केन्द्रीय निर्वाचन आयोगले आज सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा यी दुईबिच प्रतिस्पर्धा हुने भएको हो । उनीहरू प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका हुन्।

केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डपमा दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म हुने छ।

महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदै छ। आयोगका अध्यक्ष डा। विजय सुब्बाका अनुसार ल्याइएका १०० वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन्।

 

प्रकाशित: १ पुष २०८२ ८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast