एमाले महाधिवेशन : प्यानलगत नाम हेरफेर गरेर लिष्ट बाँड्ने पक्राउ

हिमाल प्रेस २ पुष २०८२ १३:१९ | Wednesday, December 17, 2025
64
SHARES
एमाले महाधिवेशन : प्यानलगत नाम हेरफेर गरेर लिष्ट बाँड्ने पक्राउ

काठमाडौँ- नेकपा एमालेको ११ औँ महाधिवेशनमा अहिले मतदान जारी छ। नेताहरू प्यानलगत रूपमा मत मागिरहेका छन्। भृकुटीमण्डपमा जारी निर्वाचनमा एक व्यक्ति प्यानलगत नाम फेरेको अभियोगमा पक्राउ परेका छन्। नेकपा एमाले केन्द्रीय सदस्यका उम्मेदवार गोविन्द गिरीको नाम फेरेर उनले प्रचार गरिरहेका थिए।

‘मेरो नाम फेरेर उनले आफ्नो नाममा प्रचार गरेका छन्,’ गिरीले हिमाल प्रेससँग भने,‘यस्तो भएपछि मैले कानुनी बाटो रोजेको हुँ।’ गिरीले प्रहरीलाई समेत घटनाबारे जानकारी गराएका थिए। यता प्रहरीले भने एक व्यक्ति पक्राउ गरेको जनाएको छ। प्रहरीले भने पक्राउ परेका व्यक्तिको नाम गोप्य राखेको जनाएको छ।

प्रकाशित: २ पुष २०८२ १३:१९ | Wednesday, December 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast