एमाले चुनाव : साँझ ८ बजेसम्म मतदान स्थलमा पुगिसक्नुपर्ने

हिमाल प्रेस २ पुष २०८२ १६:४४
14
SHARES
एमाले चुनाव : साँझ ८ बजेसम्म मतदान स्थलमा पुगिसक्नुपर्ने

काठमाडौँ- नेकपा एमालेको नेतृत्वका लागि जारी चुनावमा बुधबार राति ८ बजेसम्म मतदान स्थलमा प्रवेश गर्नेले मतदान गर्न पाउने भएको छन्। एमालेका महासचिव शंकर पोखरेलले यस्तो जानकारी दिएका हुन्। ‘भित्र प्रवेशको समय ८ बजे कायम गरिएको छ। कुपन लिएर मतदानको अधिकार सुरक्षित गरौँ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्।

यसअघि यसअघि मतदान स्थलभित्र प्रवेश गरिसक्नुपर्ने समय ५ बजेसम्म तोकिएको थियो। मतदान प्रक्रिया छिटो नभएपछि मतदान स्थलभित्र प्रवेश गर्ने समय तीन घण्टा थपिएको हो।

एमाले निर्वाचनका लागि बुधबार अपराह्नसम्म सात सयजनाले भोट हालेका छन्। बिहान १० बजे सुरु भएको मतदान ४ बजेसम्म सात सयजनाले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ। चुनावमा २२६२ प्रतिनिधिले मतदान गर्नुपर्नेछ। अझै १५ सय मतदान गर्न बाँकी छ।

मतदान गर्न बाँकी महाधिवेशन प्रतिनिधिहरूलाई टोकन (कुपन) बाँडिएको छ। मतदानका लागि लाइनमा धेरै महाधिवेशन प्रतिनिधिहरू लामो समयसम्म उभिनुपर्ने भएकोले व्यवस्थापन गर्न टोकन बाँडिएको हो। मतदानका लागि एक पटकमा ५० जनालाई पठाउने गरिएको छ। एक जना महाधिवेशन प्रतिनिधिले मतदान गर्न कम्तीमा २५ देखि ४० मिनेटसम्म लाग्छ।

एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि मतदान भइरहेको छ। काठमाडौँको भृकुटीमण्डपमा एमाले नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेको हो। १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उम्मेदवार प्रतिस्पर्धामा छन् भने दुई हजार २६३ प्रतिनिधि छन्।

पार्टीको अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast