सुरु भयो एमालेको केन्द्रीय कमिटी बैठक, पदाधिकारी थप्ने ‌ओलीको तयारी

हिमाल प्रेस २८ मंसिर २०८२ ११:४३ | Sunday, December 14, 2025
16
SHARES
सुरु भयो एमालेको केन्द्रीय कमिटी बैठक, पदाधिकारी थप्ने ‌ओलीको तयारी

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। ११औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा बैठक सुरु भएको हो।

बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द शत्रका कार्यक्रमहरूबारे महत्वपूर्ण छलफल हुने बताए। यो बैठक कार्यकालको अन्तिम बैठक हो।

भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ । बिहानै सुरु गर्ने तयारी गरिएको बन्दसत्र भने दिउँसो १ बजेका लागि सारिएको छ । एमालेले ११ औँ महाधिवेशनमा पदाधिकारी संख्या बढाउने तयारी गरेको छ। अध्यक्षमा भने केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन्। उनीहरू टिम नै बनाएर प्रतिस्पर्धामा जान लागेका छन्।

प्रकाशित: २८ मंसिर २०८२ ११:४३ | Sunday, December 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast