एमालेले पनि टुंग्यायो समानुपातिक सूची, सोमबार आयोगमा पठाउने

हिमाल प्रेस १३ पुष २०८२ २०:१७ | Sunday, December 28, 2025
48
SHARES
एमालेले पनि टुंग्यायो समानुपातिक सूची, सोमबार आयोगमा पठाउने नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कार्यालय, च्यासलमा आइतबार भएको सचिवालय बैठकमा सहभागी अध्यक्ष केपी शर्मा ओलीलगायत पदाधिकारीहरु । तस्बिरः अध्यक्ष ओलीको सचिवालय/ रासस

काठमाडौँ- नेकपा एमालेले समानुपातिकतर्फको बन्दसूची सोमबार निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ।

आइतबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गर्दै सोमबार निर्वाचन आयोगमा पठाउने निर्णय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

विभिन्न जिल्लाबाट प्रदेशबाट सिफारिस भएका आधारमा बन्दसूची तयार पारिएको उनले बताए। भट्टले बन्दसूचीमा अध्यक्ष ओलीले आवश्यक ठानेमा सच्याउन सकिने गरेर निर्वाचन आयोगमा दर्ता गर्न पठाउने भन्ने निर्णय भएको उल्लेख गरे।

बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्रीसँगको भेटमा निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएको तर बाहिर तोडमोड गरेर आएको बताएको भट्टले जानकारी दिए।

अहिले पनि संसद् पुनर्स्थापनाका लागि दबाब दिनुपर्ने, निर्वाचन भए बुथको सुरक्षाका लागि एमालेको स्वयंसेवक फोर्स खटिनका लागि तयार गर्नुपर्नेमा समेत ओलीले जोड दिएको भट्टले बताए।

उपमहासचिव भट्टले रास्वपा र बालेनको विचार सिद्धान्त स्पष्ट नभएको र लेनदेनमा भएको सम्झौता कति समयसम्म टिक्छ भन्ने हेर्न बाँकी रहेको धारणा राखे।

कांग्रेसले सोमबार समानुपातिक सूची बुझाउने

प्रकाशित: १३ पुष २०८२ २०:१७ | Sunday, December 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast