कांग्रेसका दुई हजार ज्येष्ठ क्रियाशील सदस्य सम्मानित

हिमाल प्रेस १३ पुष २०८२ १५:४७ | Sunday, December 28, 2025
24
SHARES
कांग्रेसका दुई हजार ज्येष्ठ क्रियाशील सदस्य सम्मानित

बैतडी- नेपाली कांग्रेसले जिल्लाका दुई हजार ज्येष्ठ क्रियाशील सदस्यलाई सम्मान गरेको छ।

जिल्लाभरिका ज्येष्ठ क्रियाशील सदस्यलाई सम्मान गर्ने कार्यक्रमअन्तर्गत ७१ वडाका दुई हजार ज्येष्ठ क्रियाशील सदस्यलाई सम्मान गरिएको नेपाली कांग्रेसका सचिव प्रेमबहादुर चन्दले बताए।

ज्येष्ठ क्रियाशील सदस्यले पार्टी संगठन निर्माण र विस्तारमा पुर्‍याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको कांग्रेसका सभापति चतुरबहादुर चन्दले बताए। उ‍नले भने,‘लामो समयदेखि नेपाली कांग्रेसमा रहेर योगदान गरेका ज्येष्ठ नागरिकलाई सम्मान गरेका हौँ।’

जिल्लाका ८४ वटा वडामध्ये दोगडाकेदारका चार र पुर्चौंडीका १० वडाका ज्येष्ठ क्रियाशील सदस्यलाई सम्मान गर्न बाँकी छ। अन्य वडाका ज्येष्ठ क्रियाशील सदस्यलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भइसकेको सचिव देवराज जोशीले बताए।

दोगडाकेदार गाउँपालिका-६ र ८ का ज्येष्ठ क्रियाशील सदस्यलाई यही पुस १५ गते मल्लाढिकमा सम्मान गर्ने कार्यक्रम रहेको छ भने वडा नं १ का ज्येष्ठ क्रियाशील सदस्यलाई पुस १६ गते रिममा सम्मान गर्ने कार्यक्रम छ।

प्रकाशित: १३ पुष २०८२ १५:४७ | Sunday, December 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast